site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको उक्त भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसीसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजना समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डीसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसीसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारणलाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसीसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री डा. राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि उक्त भेटघाट भएको हो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro