site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रे, सिन्धुली र मकवानपुरका १९३ बाढीपहिरोपीडितको हवाई उद्धार 

काठमाडौं । नेपाली सेनाले सोमबार काभ्रेपलाञ्चोक, सिन्धुली र मकवानपुरका १९३ जना बाढीपहिरोपीडितलाई हवाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । 

नेपाली सेनाका अनुसार काभ्रेपलाञ्चोकको मंगलटारबाट १४४ जनालाई हवाई उद्धार गरिएको छ । सिन्धुलीको कटुन्जेबाट ४३ जनालाई हवाई उद्धार गरिएको सेनाले जनाएको छ । 

मकवानपुरको हेटौँडाबाट ६ घाइते तथा तीन वटा शवको हवाई उद्धार गरिएको छ ।

विगत केही दिनदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण प्रभावित काठमाडौं उपत्यकालगायत कोसी, मधेस, वाग्मती तथा गण्डकी प्रदेशका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro