site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न माओवादीले 'हेल्प डेस्क' राख्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा 'हेल्प डेस्क' राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा आज साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले 'हेल्प डेस्क' स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले मौसम पूर्वानुमान अनुसार, बाढीपहिरो र त्यसबाट हुन सक्ने क्षतिको आकलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढेको निष्कर्ष निकालेको छ । 

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउनेलगायत निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro