site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नख्खुखोलाबाट उद्धार गरिएकी बालिकाको उपचार जारी, १२ शव पाटन अस्पतालबाट सनाखत
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुरको नख्खुखोलाको बाढीले बगाएपछि उद्धार गरिएका मध्ये एक बालिकाको उपचार पाटन अस्पतालमा भइरहेको छ ।

६ वर्षीया मेघना साहको एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा उपचार गरिएको थियो । हाल उनलाई वार्डमा सारिएको अस्पतालका प्रशासन प्रमुख तीर्थ भुजेलले जानकारी दिए ।

परिवारसँगै बाढीमा बगेकी उनको अवस्था सामान्य हुँदै गएको भुजेलले बताए । शनिबार खोलामा आएको बाढीमा उनको परिवारका चारजना परेका थिए । तीमध्ये तीनजनाको उद्धार गरिएको थियो ।

ललिततपुरकै लुभुमा बाढीमा परी घाइते भएका करिब ४५ वर्षीय जघनसिंह अन्सारीको उपचार पनि सोही अस्पतालको मेडिकल आईसीयूमा भइरहेको छ । उद्धारका क्रममा घाइते भएका उनको अवस्था भने जटिल रहेको भुजेलले जानकारी दिए ।

बाढीपहिरोमा परी घाइते भएका अरूको अवस्था उपचारपछि सामान्य भई ‘डिस्चार्ज’ भइसकेका छन् ।

बाढीपहिरोमा परी मृत्यु भएका १५ जनाको शव पाटन अस्पतालमा ल्याइएको थियो । तीमध्ये १२ जनाको शव पहिचान भएको छ । अरू पहिचानको क्रममा रहेको अस्पतालले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro