site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको पहिलो अफ–रोडर एसयूभी जेइको जेसिक्स सार्वजनिक

काठमाडौं । एसपीजी अटोमोबाइल्सले अफ–रोडर विद्युतीय (ईभी) एसयूभी जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ ।

कम्पनीले गत सोमबार अनलाइन लाइभ प्रसारणमार्फत प्रोडक्ट ब्रिफिङ गरेको हो । ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुले चीनबाट अनलाइन कार्यक्रम सञ्चालन गरेका थिए ।

इलेक्ट्रिक एसयूभी ओमोडा ईफाइभको सफलतापछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयूभी जेइको नाडा अटो सो २०२४ मा सार्वजनिक गरेको थियो ।

यो गाडीले हालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न ड्राइभिङ च्यालेन्जमा पनि अफ–रोडर इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित र प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग छ यो अन्य एसयूभीमा नपाइने कम्पनीको दाबी छ ।

गाडीले ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिने र २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागमा, टाइट टर्निङका लागि उपयुक्त टर्निङ रेडियस प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम यू–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन् मोड’ एक्टिभेट भएर टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्ने बताइएको छ ।

स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेटअनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्ने बताइएको छ ।

वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटी सेभेन’ रेटिङमा प्रमाणित रहेको र ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आईपीएक्स नाइन’ को रेटिङ प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro