site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीको बाढी उदयपुरको बेलका पस्यो
तस्बिर : अजितकुमार झा/रासस ।

विराटनगर । अविरल वर्षासँगै उर्लिएको सप्तकोसी नदीको बाढी शनिबार उदयपुरको बेलका नगरपालिकातर्फ पसेको छ । यसबाट बेलकाका पाँच वडामा डुबान भएको छ ।

बेलका–८ स्थित एलके खोचबाट पसेको बाढीले सिसौलीसम्म डुबान भइसकेको नगरपालिकाले जनाएको छ । बेलका–१, २, ३, ८ र ९ डुबानको उच्च जोखिममा छन् ।

अघिल्लो वर्ष पनि सप्तकोसीले धार परिवर्तन गरी सिसौलीबाट बेलका पसेको थियो ।

कोसीको बाढी बाँध नाघेर गाउँ पसेको बेलाकाका मेयर अशोक कार्कीले जानकारी दिए । स्थानीयको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।

यसैबीच, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार नै कोसी ब्यारेज र बराह आसपासका डुबान क्षेत्रको निरीक्षण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

कोसी ब्यारेजमा पानीको बहाव पाँच लाख ३१ हजार ७५० क्युसेक नाघेपछि प्रदेशस्थित सुरक्षा निकायका प्रमुखसहित मुख्यमन्त्री निरीक्षणमा पुगेका हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro