site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
फाइल तस्बिर ।

धरान । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतह बढेपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । ८ बजे चार लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।  

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।   

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । 

तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारीले आग्रह गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro