देश
काठमाडौं । पछिल्लो ६ घण्टामा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, हाल मधेस प्रदेश, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, गण्डकी र वाग्मती प्रदेशको अधिकांश साना नदीहरूमा बहाब सतर्कता तह आसपास रहेको छ ।
साथै, आगामी १२ घण्टा देशका विभिन्न नदीमा बाढीको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ २०:१६
प्रतिक्रिया दिनुहोस्