site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर’को टिजर : प्रदीपका फरक रुप, खलपात्रमा राजबल्लभ

काठमाडौं । चलचित्र ‘एक्टर’को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रदीप खड्का तीनवटा फरकफरक रुपमा देखिएका छन् । 

टिजरमा प्रदीपसँगै दिब्या रायमाझी, आना शर्मा र राजबल्लभ कोइराला पनि छन् । दिब्या, आना र प्रदीपको त्रिकोणात्मक प्रेम टिजरमा देखिएको छ । 

टिजरमा प्रदीप म्युजिसियन, पाइलट र घाइते अवस्था गरी तीन फरकफरक रुपमा देखिएका छन् । उनलाई एक महत्वाकांक्षी युवकका रुपमा प्रस्तुत गरिएको छ । 

राजबल्लभलाई एन्टागोनिष्टका रुपमा देखाइएको छ । प्रदीप घाइते हुनुको कारण उनी भएको संवादले प्रष्ट पारेको छ । 

एक्टरलाई राजन भुसालले निर्देशन गरेका छन् । थमन कुमार भण्डारीको लगानी रहेको चलचित्रमा प्रदीप, राजबल्लभ, आना, दिव्या र राजबल्लभसँगै दिव्य देव, उषा रजक र सुशील सिटौलालगायत कलाकारको अभिनय छ ।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् ।

चलचित्रको कथा आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका छन् । ‘एक्टरः टेक वान’ आगामी कात्तिक १५ गते लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro