site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै

काठमाडौं । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनको बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ आयोजना गरेको छ । कम्पनीले यसलाई हालसम्मकै ठूलो क्याम्प हुने दाबी गरेको छ ।

एमएडब्लूले पोखरा इभेन्ट सेन्टर बुलाउदी–०६ मा असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चासाे राख्ने गण्डकीका ग्राहकले काठमाडौंका प्रमुख तीन रिकन्डिसन हाउसबाट विशेष ‘एक्सचेन्ज भ्यालु’ पाउने कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको ईभी खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर पाउने कम्पनीको भनाइ छ ।

अफरअन्तर्गत दिपल एस ०७ बजेटअघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने भएका छन् । नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नामी ईभीमा ७ किलोवाटको चार्जर मिल्नेछ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने भएका छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ मिल्ने र दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । क्याम्पमा सहभागी एक विजेताले रुपाकोटको स्टे पाउन सक्नेछन् ।

क्याम्पमा ‘फुड स्टल’ र ‘लाइभ म्युजिक’समेत रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro