site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सेप्टेम्बर महिनाको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको हो ।

यसअघि अप्रिलको आउटलुकमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेको थियो ।

Dabur Nepal
NIC Asia

दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि लगायतले अर्थतन्त्र सुधारमा मद्दत गरेको एडीबीले जनाएको छ ।

मध्यपूर्वमा भूराजनीतिक तनावले द्वन्द्व बढेमा नेपालले पाउने रेमिट्यान्स घट्ने अर्थतन्त्रको चुनौती रहेको एडीबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

वैश्विक अर्थतन्त्रमा समस्यामा आएका नेपालको पर्यटन घट्ने र जलवायुसम्बन्धीका ठूला घटनाले पनि नेपालको अर्थतन्त्रमा चुनौती सिर्जना गर्नसक्ने एडीबीले जनाएको छ ।

समग्रमा एसियाको आर्थिक वृद्धिद्धर पाँच प्रतिशत रहने प्रक्षेपण छ । 

table-gdp-ado-sep2024-1727254562.webp
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro