site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्तोष सेनलाई प्रश्न– ‘बलिदान’बाट भारतीय प्राविधिक बाहिरिएका हुन् ?

काठमाडौं । चलचित्र ‘बलिदान’ दुई सातायता छायांकनमा छ । पूर्वी नेपालमा तयार पारिएको सेटमा चलचित्रको छायांकन भइरहेको छ । 

यो चलचित्रको छायांकनका लागि निर्माणपक्षले भारतबाट प्राविधिक ल्याएको थियो । भारतबाट क्यामेरासँगै साउन्ड र लाइटमा काम गर्ने प्राविधिक ल्याएको थियो । तर अहिले भारतबाट आएका केही प्राविधिकले ‘बलिदान’को सेट छोडेका छन् । 

क्यामेरा असिस्टेन्ट र दुईजना लाइटम्यानले ‘बलिदान’को सेट छोडिसकेको निर्देशक सन्तोष सेनले बताएका छन् । “सबै होइन केही प्राविधिकलाई हामीले निकालेका हौँ,” उनले बाह्रखरीसँग भने, “हामीले जे अपेक्षा गरेर ल्याएका थियौँ । त्यो नपाएपछि क्यामेरा असिस्टेन्ट र दुईजना लाइटम्यानलाई निकालेका हौँ ।” अन्य प्राविधिकले भने काम गरिरहेको उनले बताए । द्वन्द्व निर्देशक पनि सन्तोषले साउथबाट ल्याएका छन् । उनीहरूकै काम अहिले भइरहेको उनको भनाइ छ । 

balidan-1727251190.JPG
 

महंगो बजेट खेर्चिएर बनाएको सेटमा अहिले एक्सन सिन भइरहेको छ । सौगात मल्लको एक्सन सिन भइरहेको उनले बताए । सेनका अनुुसार भोलि (बिहीबार)बाट समीर भट्टले सेट जोयन गर्नेछन् । 

फुलपातीका दिन समीरको अभिनय रहेको चलचित्र ‘१२ गाउँ’ रिलिज हुँदै छ । यसका लागि भने केही दिन सेड्युल मिलाएर समीरलाई प्रचारका लागि समय दिने सन्तोषले बताए । 

उनले द्वन्द्वनिर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली महँगो पारिश्रमिकमा भारतबाट ल्याएको समाचार आएको थियो । 

चलचित्रको निर्देशन सन्तोष सेनले नै गरिरहेका छन् । उनको यो पहिलो सोलो निर्देशन हो । चलचित्रको कथालाई ‘महाकथा’ भन्दै यसका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन् । 

‘बलिदान’को ६० प्रतिशत छायांकन स्टुडियोमा हुने बताइएको छ । बलिदान’को मुख्य भूमिकामा नेपाली चलचित्रका एक्सन नायक बिराज भट्टका छोरा समीरको अभिनय रहनेछ । चलचित्रमा अभिनेता सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro