site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र ओमानबीचको खेल वर्षाले प्रभावित, अझै टस हुन सकेन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार, ८ः४५ बनेदेखि सुरु हुनुपर्ने भए पनि हालसम्म टससमेत हुन सकेको छैन । जारी शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । क्यानडामा जारी शृंखलामा नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो ।  

नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार बेहोरेको थियो ।

लिग–२ मा सात खेल खेलेको नेपालले हालसम्म एकमात्र जित निकालेको छ । नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको छ ।

नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालको दुई अंक मात्र छ । छैटौँ स्थानको ओमानले ६ खेलबाट पाँच अंक जोडेको छ ।

ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro