site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमतले केन्द्रीय नेतासहित नौजनालाई सोध्यो स्पष्टीकरण 

काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित नौजनालाई स्पष्टीकरण सोधेको छ । यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् ।

पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत यादव, साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहलाई पनि स्पष्टीकरण सोधिएको छ । सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भन्दै पार्टीका तर्फबाट उपाध्यक्ष दीपककुमार साहले उनीहरूलाई पत्र पठाएका छन् ।

udsf-1727176324.pngcdfm-1727176337.png
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro