अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक हजार ६०२ विद्युतीय सवारी (ईभी) आयात भएका छन् । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा सो ईभी आयात गरिएको हो ।
तीन अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरका ईभीबाट सरकारले दुई अर्ब ३१ करोड २२ लाख चार हजार रुपैयाँ राजस्व उठाएको छ ।
सबैभन्दा धेरै ५१ देखि एक सय किलोवाट क्षमताका विद्युतीय जीप, कार तथा भ्यान ९३८ वटा आयात भएका छन् । यस्तै, शून्यदेखि ५० किलोवाट क्षमताका ५६० ईभी नेपाल भित्र्याइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्