site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ ।

आइतबार पक्राउ परेपछि उनका तर्फबाट छोरा निराजन प्रसाईंले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन् । 

प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता टंक दुलालसहितले बहसको तयारी गरेका छन् । प्रसाईंले अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro