site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको जोखिम
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन झापा, इलाम, पाँचथर, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

Argakhachi Cement Island Ad

ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), दाङ, कपिलवस्तु, रुपन्देही, गोरखा, लमजुङ, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, दैलेख, कालीकोट, अछाम र बाजुरा भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । यी दिन कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने तथा पर्सि उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

b1-1727149850.jpg

b2-1727149850.jpg

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्