अर्थ व्यवसाय
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल आज राति चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन जान लागेका हुन् ।
उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इनोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने 'ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम'लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किने तय भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१ १९:११
प्रतिक्रिया दिनुहोस्