site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशसभा बैठक : तीन विधेयक सर्वसम्मतिले पारित

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको हो ।

Dabur Nepal
NIC Asia

सो बैठकमा क्रमशः प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि पेस गरेका थिए । 

प्रदेशसभाको आइतबार र आजको बैठकको छलफलमा उठेका प्रश्नको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले प्रदेशसभाका सदस्यको भावना र चाहनालाई मध्यनजर गरी प्रदेशको सबै जिल्लामा समानुपातिक योजना र बजेट वितरण हुने, त्यसको अनुगमन गर्न सरकारले संयन्त्र तयार गर्न लागेको बताए ।

उनले मौजुदा सरकारले अहिले न्यूनतम ६७ बुँदे साझा कार्यक्रम ल्याइएको र त्यसमा प्रदेशको सबै जिल्लाको भौगोलिक अवस्थाअनुसार राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार निर्माण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने रचनात्मक कार्यक्रम भएको उल्लेख गरे । त्यसमा सबै प्रतिपक्ष दललाई सहयोग गर्न उनले आग्रह गरे ।

हेटौँडा–नारागणगढ सडकखण्ड, त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–काठमाडौं तथा काठमाडौंबाट सिन्धुली, नुवाकोट, काभ्रे र रसुवा जोड्ने सडकलाई तत्काल मर्मत सम्भार र ढल निर्माण गरी दसैँमा सबै यात्रुलाई यात्रा सहज बनाउन सम्बन्धित निकायलाई परिचालन गरिसकिएको जानकारी दिए ।

वाग्मती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro