site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘१२ गाउँ’को गीत ‘कसो कसो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को गीत सार्वजनिक भएको छ । ‘कसो कसो’ बोलको गीतमा शब्दरचना सुवास चन्द्र भुषालको छ । निरज सिंहको संगीत रहेको गीतमा स्वर सुगम पोखरेल र सदीक्षा कट्टेलको छ । 

प्रेमिल गीतमा चलचित्रका मुख्य दुई कलाकार समिर भट्ट र शोनु चन्द्रपाल फिचर्ड छन् । प्रेममा परेका युवायुतीको अभिव्यक्ति गीतले उजागर गरेको छ । भिडियोमा समिर र शोनुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । 

Dabur Nepal
NIC Asia

समीरको अपोजिटमा रहेकी शोनु गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री हुन् । यो उनको डेव्यु सिनेमा हो । 

‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज भट्ट, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro