site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनले बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको उल्लेख गरे । उनका अनुसार, अस्पतालमा डेंगी, स्क्रब टाइफस र रेबिजका ५५ बिरामी भर्ना गरी उपचाररत छन् ।

अस्पतालका निर्देशक डा. बसौलाले हाल दैनिक आठ बिरामी उपचारका निम्ति आउने गरेका बताए । तीमध्ये धेरै डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् ।

भदौयता डेंगीका १९५, स्क्रब टाइफसका १३ र सर्पदंशका ७१ बिरामीले उपचार गराएका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

मुसामा हुने किर्ना प्रायः खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्छ । हिजोआज मानिस घाँसपात गर्न जाने गर्छन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्छ । चिकित्सकका अनुसार, मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन ।

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अंगले काम गर्न छाड्नु, किराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्नेजस्ता स्क्रब टाइफसका लक्षण हुन् ।

समयमा यसको उपचार नगरिए मिर्गौला, कलेजोमा असर पर्ने अस्पतालका निर्देशक डा. बसौलाले बताए ।

१०० शय्याको स्वीकृत पाएको अस्पतालमा हाल ८५ शय्यामा सञ्चालनमा छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro