site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले लिए शपथ
तस्बिर : एपी ।

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित मार्क्सवादी नेता अनुरा कुमार दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

५५ वर्षीय दिसानायकेले शनिबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी विपक्षी नेता सजिथ प्रेमदासा, निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेलगायत ३६ उमेदवारलाई पराजित गरेका थिए ।

दिसानायकेले ५७ लाख ४० हजार १७९ मत प्राप्त गरे । प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाए ।

सन् १९७८ को नयाँ संविधानपछि शक्तिशाली कार्यकारी बनेको राष्ट्रपति पद सम्हाल्ने उनी नवौँ व्यक्ति हुन् । दिसानायकेले २०१९ को निर्वाचनमा करिब तीन प्रतिशत मात्र मत पाएका थिए ।

सन् २०१९ देखि आर्थिक संकटमा धकेलिएको श्रीलंकामा २०२२ मा गोटाबाया राजपाक्षे देश छोडेर भागेपछि रनिल नयाँ राष्ट्रपति बनेका थिए । देश संकटको अवस्थाबाट गुज्रिरहेका बेला नयाँ राष्ट्रपतिमा निर्वाचित दिसानायकेबाट नागरिकले महत्त्वपूर्ण अपेक्षा राखेको देखिएको छ ।

दिसानायकेको गठबन्धनको नेतृत्व उनको पार्टी जनता विमुक्ति पेरामुना वा पिपुल्स लिबरेसन फ्रन्टले गरेको छ । सन् १९८० को दशक र १९९४ मा यो पार्टीले समाजवादी क्रान्ति गरेको थियो ।

सन् २००० मा दिसानायके पहिलोपटक सांसद बनेका थिए । २०१९ मा उनी पहिलोपल्ट राष्ट्रपतिको उमेदवार बनेका थिए । त्यति बेला उनी राजपाक्षेसँग पराजित भएका थिए । एपीबाट ।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro