खेल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको तेस्रो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुआत गरेको छ ।
आइतबार क्यानडाको किंग सिटीमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले १० ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ३० रनमात्र बनाएको छ ।
नेपालबाट हाल क्रिजमा रहेका रोहित पौडेल तीन र आरिफ सेख एक रनमा खेलिरहेका छन् ।
जारी प्रतियोगितामा यसअघिका दुवै खेलमा नेपालले हार बेहोेरेको थियो ।
यसअघि, नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले र दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ २१:५२
प्रतिक्रिया दिनुहोस्