site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीनबाट स्वर्णिमले भने– सभापतिविरुद्ध षड्यन्त्र हुने लक्षण देखियो, तत्काल फर्किन्छौँ

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू आकस्मिकरूपमा नेपाल फर्किने भएका छन् । दशदिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो ।

उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

Argakhachi Cement Island Ad

"नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ," वाग्लेले भने ।

टोलीमा पार्टी उपसभापति वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्