site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टेल किन्न खोज्दै क्वालकमले 

काठमाडौं । सेमिकन्डक्टर तथा वायरलेस दूरसञ्चार उपकरण एवं सफ्टवेयर निर्माता क्वालकमले सीपीयू तथा सेमिकन्डक्टर उत्पादक इन्टेल किन्न खोजेको बताइएको छ ।

कुनै बेला विश्वकै सबैभन्दा ठूलो चिप निर्माता बनेको इन्टेल हाल समस्यामा परेका बेला क्वालकमले किन्न खोजेको विषयलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

पाँच दशक पुरानो कम्पनी इन्टेल किन्ने वार्तामा क्वालकमका सीईओ क्रिस्टियानो आमोन आफैँ संलग्न रहेका बताइएको छ ।

क्वालकमले यसअघि इन्टेलको केही हिस्सा किन्न खोजेको र पीसी (कम्प्युटर) इकाइमा मुख्य चासो राखेको थियो । क्वालकमका कार्यकारीले इन्टेलको व्यावसायिक प्रोफाइल जाँच गरिरहेका जनाइएको छ ।

वार्ता प्रारम्भिक चरणमा रहेको र क्वालकमले औपचारिक रूपमा प्रस्ताव लगी नसकेको बताइएको छ । यो अघि बढेमा प्रविधि उद्योगकै सबैभन्दा ठूलो खरिदबिक्री हुनसक्छ ।

यसअघि, सन् २०१८ मा ब्रोडकमले १४२ अर्ब अमेरिकी डलरमा क्वालकम खरिद गर्न खोजेको थियो । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा खतरा हुन सक्ने भन्दै उक्त सम्झौता रोकेका थिए । रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro