site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिफा वरीयता : विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै 

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । 

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो । दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ । 

फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३–० हराउँदा कोलम्बियासँग २–१ ले पराजित भएको थियो । वरीयताको दोस्रोदेखि १०औँ स्थानसम्म परिवर्तन भएको छ । नयाँ अद्यावधिक वरीयताअनुसार फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छन् ।

यस्तै, बेल्जियम छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चुगल आठौँ, कोलम्बिया नवौँ र इटाली १०औँ स्थानमा छन् । एसियाली वरीयतामा भने जापान शीर्ष स्थानमा छ । विश्व वरीयतामा भने जापान १६औँ स्थानमा छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro