site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनसंख्याको १२४ प्रतिशतमा भ्वाइस टेलिफोन सेवा : टेलिकमको हिस्सा ६३, एनसेलको ३६ प्रतिशत

काठमाडौं । नेपालमा जनसंख्याको अनुपातका आधारमा टेलिफोन सेवा लिनेको संख्या १२४ प्रतिशतभन्दा बढी पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको दूरसञ्चारसूचक सम्बन्धी पछिल्लो तथ्यांकअनुसार भ्वाइस सर्भिसको बजारमा नेपाल टेलिकमको बजार हिस्सा करिब ६३ प्रतिशत छ । एनसेलको बजार हिस्सा ३६ प्रतिशत छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकायको तथ्यांकअनुसार भ्वाइस कल सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ६३.५५ प्रतिशत छ । एनसेलको बजार हिस्सा ३६.४५ प्रतिशत छ ।

नेपाल टेलिकमको भ्वाइस कल सेवा अथवा सिम लिनेको संख्या २ करोड ३० लाख २० हजार ५०७ छ । एनसेलको सिम लिने ग्राहकको संख्या एक करोड ३२ लाख ३ हजार ३५१ छ । 

फिक्स्डतर्फ भ्वाइस सेवा लिनेको संख्या ५ लाख ९६ हजार ४७८ र जीएमपीसीएस सेवा लिनेको संख्या २ हजार ९८६ छ ।

जनसंख्याको अनुपातमा १२४.२२ प्रतिशत भ्वाइस टेलिफोन सेवा लिइएको प्राधिकरणको तथ्यांकले देखाएको छ । एकै व्यक्तिले दुईवटा सिम बोक्ने र पूर्णरूपमा अद्यावधिक तथ्यांक नभएका कारण संख्या बढी देखिने गरेको प्राधिकरणको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro