site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय सुनुवाइ समितिको बैठक सुरु 

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । सिहंदरबारमा बैठक बसेको हो । 

समितिमा प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, बेल्जियमको लागि प्रस्तावित राजदूत सेवा लम्साल र अष्ट्रेलियाको लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको संसदीय सुनवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भइरहेको जनाएको छ । 

प्रस्ताविक व्यतिका विषयमा उजुरी माग गर्ने पनि बताइएको छ । 

त्यस्तै, समितिले १७ देशका निम्ति सिफारिस राजदूतको सम्बन्धमा छलफल र निर्णय गर्नेछ । 

सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

समितिले सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो । त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन् ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro