site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा  

काठमाडौं । नेपाली कथानक चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको छ । संविधान दिवसको अवसर पारेर ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको हो ।

सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन् । 

Argakhachi Cement Island Ad

चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्