site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओली शुक्रबार अमेरिका जाने, असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका जाने भएका छन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री ओली असोज ८ गते राष्ट्रसंघको ७९औँ महासभाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आउने पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । 

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी)को विश्व समन्वय ब्युरोको अध्यक्षको रूपमा एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ । 

असोज ७ गते प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रवचन दिनेछन् । प्रधानमन्त्री ओलीको असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको दृष्टिकोण : संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म’ भन्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । 

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro