site stats
बाह्रखरी :: Baahrakhari
खेल
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित तीन संस्थाको सम्मान 

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस–२०२४ पारालम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ । पलेशालाई एक लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । 

प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको हो । व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिद्धार्थ वनस्थली इन्टिच्युटमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी लगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा सिद्धार्थ वनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । पलेशालाई ५० हजार नगदसहित सम्मान गरिएको छ । बुधबारै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गरेको थियो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्