site stats
बाह्रखरी :: Baahrakhari
कला
‘खुस्मा’ले कस्तो पायो प्रिमियरमा प्रतिक्रिया ?

काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को मंगलबार साँझ प्रिमियर गरिएको छ । तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथामा बनेको चलचित्र हेर्न राजनीतिज्ञ, सिनेकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो । 

सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेता सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधरलगायत सिनेमा हेर्न हल पुगेका थिए ।

Argakhachi Cement Island Ad

सांसद ज्ञानेन्द्र शाहीले ‘खुस्मा’ नेपाली राजनीतिको दस्तावेज पनि भएको बताए । निर्देशक निश्चल बस्नेतले ‘खुस्मा’बाट निर्देशक अशोक थापा मगरले भन्न खोजेको विषय मजाले प्रस्तुत गरेको बताए । 

चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको चलचित्र जनयुद्धको प्रभावका बीच प्रेम सम्बन्ध र त्यसको आरोह अवरोहलाई प्रस्तुत गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्