अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १०:५६
प्रतिक्रिया दिनुहोस्