site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जितको खोजीमा नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली क्यानडासँग १०३ रनको लज्जास्पद हार व्यहोरेको थियो । लिगमा पाँच खेल खेलिसके पनि नेपालले हालसम्म एक खेलमा मात्र जित निकालेको छ । 

यसअघि लिग–२ अन्तर्गत घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेलमा मात्र जित निकालेको थियो । आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । 

नेपालसँगै लिग–२ मा ओमानको प्रदर्शन उल्लेख्य छैन । तालिकाको छैटौँ स्थानमा आसिन ओमानले चार खेलबाट तीन अंकमात्र जोडेको छ । जारी शृंखलामा ओमानको भने यो पहिलो खेल हो ।

क्यानडामा हुने शृंखलामा नेपाल, क्यानडा र ओमान सहभागी छन् । नेपालले आजको खेलपछि बुधबार ओमानसँग खेल्नेछ । यस्तै, नेपालले आइतबार पुनः क्यानडासँग र मंगलबार ओमानसँग खेल्ने तालिका छ ।

आजको खेल क्यानडाको किंग सिटीमा नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro