site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलको सरकारप्रति निजी क्षेत्र सकारात्मक छ : चन्द्र ढकाल 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान हुन निजी क्षेत्रका गतिविधि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ढकालले अहिलकोसरकारप्रति निजी क्षेत्र सकारात्मक रहेको पनि बताए ।

सरकारले गरेका ससाना निर्णयले व्यवसायीमा सकारात्मक सञ्चार प्रवाह हुने उनको भनाइ छ । सरकारले निजी क्षेत्रलाई सँगै लिएर मात्र आर्थिक उन्नति हुने बुझेको भन्दै उनले सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण बदलिएको बताए ।

नेपालमा लगानीको वातावरण नभएको भन्ने सन्देश फैलिएको र त्यसलाई चिर्न निजी क्षेत्रका व्यवसायीहरूले नयाँ लगानी कम्पनी खडा गरेको उनको भनाइ छ ।

"नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य चिर्नु थियो, त्यसैलाई चिर्न हामीले पहल गरेर १० अर्बको लगानी कम्पनी खडा गर्ने निर्णय गर्‍यौँ," उनले भने, "अहिले हामीले व्यवसायीहरूमा छरिएर रहेको पैसा एकीकृत गर्ने पहल गरेका छौँ । हाम्रो पहलमा नेपाल डेभलपमेन्ट कम्पनी सञ्चालनमा आएको छ । यसमा जो कसैले व्यक्तिगत रूपमा लगानी गर्न सक्छ ।"

त्यस्तै, अहिले महासंघले विदेशी लगानी (एफडीआई)बाट आउने लगानीको पैरवी गरेको उनले बताए । यस्तै, महासंघले निजी क्षेत्रमा अख्तियारले अनुसन्धान गर्न हुँदैन भनेर पैरवी गरिरहेका पनि बताए ।

"हामीले मन्त्री तथा १५९ जना सांसदहरूसँग पनि छलफल गर्‍यौँ । उहाँहरू सकारात्मक हुनुहुन्छ । अझै पनि लबिङ गर्नुपर्ने छ," उनले भने, "बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा पनि हामीले सुझाव दिएका छौँ । बैंक तथा वित्तीय संस्थामा १ प्रतिशत सेयर हुनेले ऋण नपाउने विषय गलत छ । यो सच्याउनुपर्छ ।"

विदेशी लगानी भित्र्याउन पुराना कानुन परिवर्तन गर्न अझै पनि नसकेको बताए ।

अहिलेको सरकारले आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग बनाउने घोषणा गरेको भन्दै ढकालले निजी क्षेत्रले यसलाई सकारात्मकरूपमा लिएको बताए । 

यही कार्यक्रममा महासंघका सबै सदस्यको तथ्यांक समेट्ने वेबसाइट उद्घाटन गरिएको छ । तथ्यांकसहितको यो पोर्टल महासंघकै मुख्य वेबसाइटभित्र रहने व्यवस्था गरिएको छ । यसमा १२ हजार सदस्यको प्रोफाइलको रेकर्ड राखिसकिएको महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए ।

महासंघमा साढे ६ लाख सदस्य रहेको अवस्थीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro