site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुख राना रुसतर्फ प्रस्थान

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका निम्ति आज रुसतर्फ प्रस्थान गरेकी छन् । रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन् ।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म गरिने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरममा सम्बोधन गर्नेछिन् ।

रुस भ्रमण सकाएर उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro