site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
किन खस्कँदै छ पाकिस्तानी क्रिकेट टिमको प्रदर्शन ?
SkywellSkywell

काठमाडौं । क्रिकेट इतिहास नियाल्दा बलिया राष्ट्रमध्येमा आउने नाम हो– पाकिस्तानी क्रिकेट टिम । एकदिवसीय र ट्वान्टी–२० विश्वकपको उपाधि चुमिसकेको पाकिस्तानी टोलीको जति गर्विलो इतिहास छ, वर्तमान समयमा त्यति नै खस्कँदो साख छ ।

पाकिस्तानले सन् १९९२ मा भएको एकदिवसीय विश्वकप र सन् २००९ मा भएको ट्वान्टी–२० विश्वकपको उपाधि चुमेको छ । तर, पछिल्लो वर्षयता अन्तर्राष्ट्रिय मञ्चमा ‘क्रिकेट पावर हाउस’ पाकिस्तानको प्रदर्शन निरन्तर खस्कँदो छ । 

दुई देशबीचको क्रिकेट शृंखलासँगै क्रिकेटका ठूला प्रतियोगितामा पाकिस्तानको अप्रत्याशित हार आम समर्थकका लागि भने प्रत्याशित नै बनिसक्यो । भनौँ, पाकिस्तानी क्रिकेट समर्थकका लागि यो सामान्य बनिसक्यो ।

Dabur Nepal
NIC Asia

पाकिस्तानले विश्व क्रिकेटको मञ्चमा गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन नै दुई वर्षअघिको ट्वान्टी–२० विश्वकपमा हो । विश्वकपको उक्त संस्करणमा पाकिस्तानले फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिडन्तमा भने आईसीसीकै सबैभन्दा सफल टोली अस्ट्रेलियासँग निराश बन्यो ।

दुई वर्षयता पाकिस्तानको प्रदर्शन कस्तो छ ?
घरमै आयोजित दुई खेलको टेस्ट शृंखलामा बंगलादेशसँग पहिलोपटक हार बेहोरेपछि पाकिस्तानी टिमको आलोचना निकै बढेको छ । दुई खेलको शृंखला बंगलादेशले पाकिस्तानविरुद्ध उसैको घरमा २–० ले ‘क्लिन स्विप’ गर्‍यो । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले पहिलो चरणभन्दा माथिको यात्रा तय गर्न सकेन । 

विश्वकपमा सह–आयोजक अमेरिकासँग पराजित हुनु पाकिस्तानी क्रिकेट इतिहासकै सबैभन्दा खराब कीर्तिमानमध्येमा रह्यो । त्यसअघि विश्वकप तयारीकै क्रममा पाकिस्तानले आयरल्यान्डसँग ट्वान्टी–२० क्रिकेट संरचनाको इतिहासमै पहिलो हार बेहोरेको थियो ।

pakisthani-cricket-(4)-1726490844.png
 

सन् २०२३ मा भारतमा भएको एकदिवसीय विश्वकप पनि पाकिस्तानका निम्ति सम्झनलायक बन्न सकेन । उक्त प्रतियोगितामा पाकिस्तानले खेलेको नौमध्ये पाँच खेलमा हार बेहोरेको थियो । एकदिवसीय संरचनाको यो विश्वकपमा पनि पाकिस्तानले समूह चरण पार गर्न सकेन ।

टेस्ट क्रिकेटका पछिल्लो पाँच शृंखलामध्ये २०२३ को जुलाईमा श्रीलंकालाई हराउनु नै पाकिस्तानको एकमात्र जित हो ।

किन खस्कँदै छ पाकिस्तानी क्रिकेटको प्रभाव
सन् २०१६ देखि २०१९ सम्म पाकिस्तानी टिमको जिम्मेवारी सम्हालेका प्रशिक्षक हुन्– मिकी अर्थर । पाकिस्तानी टिमको प्रदर्शन पछिल्लो समय अस्वभाविक रहे पनि अर्थर टिममा प्रतिभावान खेलाडीको कमी नरहेको बताउँछन् ।

“त्यहाँ केही असाधारण खेलाडी छन् । तर, टिममा स्थिरता छैन । स्थिरता टिमको छनोट, खेलाडीको एकरुपतापूर्ण प्रदर्शन र आफ्नो भूमिकामा प्रतिबद्ध रहेरमात्र आउँछ,” अर्थर भन्छन्, “यो अस्थिरताले पाकिस्तानी टिममा अझ कोलाहलपूर्ण माहोल सिर्जना गर्छ । खेलाडीहरू आफ्नो लागिमात्र खेल्न थाल्छन् ।”

सन् २०२२ को अन्त्यमा सरकारले तत्कालीन अध्यक्ष रमिज राजालाई बर्खास्त गरेदेखि पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) मै स्थिरता पाइँदैन । त्यसयता तीनजनाले पीसीबीको अध्यक्ष पद सम्हाले । यी तीनैजनाको कार्यकालमा पाकिस्तानी टिमले नयाँ स्टाफ र नेतृत्वकर्ता पायो । हाल पीसीबीको अध्यक्षमा मोसिन नाक्भी छन् । उनी पाकिस्तानको आन्तरिक मन्त्री समेत हुन् ।

यसले कसरी टिमको कप्तानीमा असर गर्दैछ ?
गत वर्ष नोभेम्बरमा भएको एकदिवसीय विश्वकपको समूह चरणबाट बाहिरिएपछि तीनवटै क्रिकेट संरचनामा पाकिस्तानी टिमको नेतृत्व गरेका कप्तान बाबर आजमले राजीनामा दिए । पीसीबीले आजमको राजीनामा स्वीकृत गर्दै टेस्ट टिमको जिम्मेवारी सान मसुदलाई र सीमित संरचनाको जिम्मेवारी साहिन साह अफ्रिदीलाई दिने निर्णय लियो । 

pakisthani-cricket-(2)-1726490843.png
तर, नाक्भी पीसीबीको जिम्मेवारीमा आएपछि उनले अफ्रिदीलाई कप्तानबाट बर्खास्त गरे । यसपछि यो जिम्मेवारीमा पुनः आजम नै आए । अफ्रिदीको कप्तानीमा पाकिस्तानले एउटामात्रै एकदिवसीय शृंखला खेल्ने अवसर पायो ।

टिमको कप्तानी जिम्मेवारीमा बाबर आए पनि पाकिस्तानी टिमले गत नोभेम्बरयता एकदिवसीय क्रिकेट खेलेको छैन ।

सन् २०२२ यता सात प्रशिक्षक !
सन् २०२२ को नोभेम्बरयता पाकिस्तानी टिमलाई सात फरक प्रशिक्षकले प्रशिक्षण दिएका छन् । त्यसमा साक्लेन मुस्ताक, अब्दुल रेहमान (अन्तरिम प्रशिक्षक), ग्रान्ड ब्राडबर्न, मोहम्मद हाफिज, अजहर महमुद (अन्तरिम प्रशिक्षक), गेरी क्रिस्टेन (वर्तमान सीमित ओभरका प्रशिक्षक) र जासन जिलेस्पी (टेस्ट प्रशिक्षक) छन् ।

अर्थर पाकिस्तानी क्रिकेट टिमले पछिल्लोपटक आईसीसी उपाधि जित्दाका प्रशिक्षक हुन् । अर्थरको प्रशिक्षणमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । अर्थर मान्छन्, “पाकिस्तानी क्रिकेट बोर्डको यी पेचिला नीतिले टिमको प्रदर्शनमा असर गरिरहेको छ ।”

pakisthani-cricket-(5)-1726490846.png
 

“फरक प्रशिक्षक हुँदा सोच पनि फरक हुन्छ । प्रशिक्षकअनुसार खेलाडीको जिम्मेवारी पनि फरक हुन जान्छ । यसले टिममा अनिश्चिता र अस्थिरता पैदा गर्छ । जसका कारण खेलाडीहरू आफ्नो लागि खेल्न बाध्य बन्छन्,” अर्थर थप्छन् ।

अर्थर पाकिस्तानी टिममा उत्कृष्ट खेलाडी भए पनि उनीहरूको प्रदर्शन महत्त्वपूर्ण बन्ने बताउँछन् । “कुनै बेला खेलाडीहरू आफ्नो प्रदर्शनभन्दा पनि आफूहरूबीच के भइरहेको छ भन्ने कुरामा केन्द्रित हुन्छन्,” अर्थर भन्छन् ।

टेस्ट क्रिकेटमा बाबर र अफ्रिदीको प्रदर्शन निरन्तर निराशलाग्दो छ । पूर्वउपकप्तान तथा सीमित ओभर क्रिकेटका ‘स्पेसलिस्ट’ सदाब खानले पनि आम समर्थकको अपेक्षाअनुसारको प्रदर्शन देखाउन सकेका छैनन् ।

मसुदको कप्तानीमा किन प्रश्न ?
टेस्ट टिमको जिम्मेवारी पाएयता मसुद स्वभाविक लयका निम्ति संघर्षरत छन् । उनले पछिल्लो पाँच खेलमा २८६ रन बनाएका छन् । जसमा ६० रनको उच्च स्कोरसहित तीन अर्धशतक सामेल छन् । तर, पाकिस्तानको यो प्रदर्शनमा मसुदमात्र जिम्मेवार नभएको अर्थर बताउँछन् । मसुदलाई समय र साथ दिने हो भने उनी राम्रो कप्तान बन्न सक्ने अर्थरको तर्क छ ।

pakisthani-cricket-(1)-1726490843.png
 

“सान मसुद निकै राम्रो कप्तान बन्नेछन् । तर, उनलाई रन जोड्ने आधारभूत जिम्मेवारीका निम्ति समय दिन आवश्यक छ । यही कुरामा प्रशिक्षक र अफिसियल भूमिका खेल्ने गर्दछन्,” अर्थर भन्छन्, “उनीहरूले मसुदमा रहेको दबाब हटाउन आवश्यक छ । जसका कारण उनले मैदानमा रन बनाउन सक्ने स्थिति बन्नेछ । जब कप्तानले आत्मविश्वासी र अरुबाट सहयोगी वातावरण पाउँछ, उसको प्रदर्शनमा यसले पक्कै पनि सकारात्मक परिवर्तन ल्याउने छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu