site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हवाई दुर्घटनाको लागि उच्चस्तरीय समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्याउनेसम्बन्धी विधेयक तथा हालसम्म भएका हवाई दुर्घटनाको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । सेवा प्रदायक र नियामक एउटै हुँदा प्रभावकारी हुन नसकेको भन्दै यसलाई विभाजन गर्नुपर्ने आवाज उठेपछि मन्त्रिपरिषद्‌मा पुर्‍याइएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायक निकाय बनाउनेगरी विभाजनसम्बन्धी विधेयक मन्त्रिपरिषद्‌मा पुगेको र यसको चाँडै प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले पर्यटन नीति बनिरहेको र पर्यटन ऐनको मस्यौदा रायका लागि अर्थ मन्त्रालयमा पुगेको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक मन्त्रिपरिषद्‌मा पेस भएको बताए ।

“हालसम्म भएका हवाई दुर्घटनाको विषय मन्त्रिपरिषद्‌मा पुगिसकेको छ । उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ,” उनले भने, “हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको छ ।”

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालयस्तरमा काम भइरहेको बताए ।

पाण्डेले कतिपय क्षेत्रमा तत्कालै सुधार गर्नुपर्ने र केही निकायमा रणनीतिक सुधारको विषय भएकाले कानुनी र नीतिगत व्यवस्था गरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर लैजाने बताए । मन्त्री पाण्डेले मन्त्रालय मातहतका निकायलाई गतिशील र प्रभावकारी बनाउन लागिपरेको बताए ।

गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि विस्तृत कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी दिए । “मन्त्रिपरिषद्ले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको निम्ति पारित गरेको कार्ययोजनाबारे सम्बन्धित गृह, अर्थ, परराष्ट्र, श्रमलगायत मन्त्रालयले गर्नुपर्ने सबै कामबारे अन्तरमन्त्रालय छलफल भइ कार्ययोजनालाई अन्तिम रूप दिन लागिएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro