site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिपलको ‘एक्सचेन्ज कार्निभल’ असोज ३ सम्म, जुनसुकै गाडीसँग नयाँ ईभी साट्न सकिने

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबार (आज)देखि असोज ३ गतेसम्म ‘दिपल एक्सचेन्ज कानिर्भल’ सुरु गरेको छ ।

कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा चारदिनसम्म एक्सचेन्ज कार्निभल आयोजना गरेको हो । कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवालले एक्सेचेन्ज कार्निभलको उद्घाटन गरेका हुन् ।

यस अवधिभर गैरीधारास्थित सिल्भरओकमा गएर इच्छुक व्यक्तिहरूले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडी लगेर नयाँ दिपल विद्युतीय सवारी (ईभी)सँग साट्न सक्नेछन् ।

पूरानो गाडीको भ्यालुएनसका लागि नेपालकै प्रमुख ६ रिकन्डिसन हाउस सिल्भरओकमा छन् ।

“एउटा मात्रै हैन ६ वटा रिकन्डिसन हाउसको उपस्थितिले ग्राहकलाई आफ्नो गाडीको उत्कृष्ठ भ्यालुएसन मिल्नेछ,” एमएडब्ल्यूका अध्यक्ष अग्रवालले भने ।

यसका साथै गाडी साट्दा एक्सचेन्ज बोनस समेत मिल्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ भनेको दिपल एस०७ ईभी ७१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्री एसेसोरिज उपलब्ध छन् ।

एसेसोरिजमा तीन किलोवाटको ट्राभल चार्जर र सात किलोवाटको होम चार्जर एवं भ्यालुएसन र बुकिङमा गिफ्ट मिल्ने कम्पनीले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro