site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारी क्षेत्रमा सबै ‘फेक’ : ऋणी, लेखापरीक्षण प्रतिवेदन, सम्बन्धविच्छेद सबै नक्कली 

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

प्रतिवेदन बुझाउँदै सभापति थापाले सहकारी क्षेत्र पूरै नक्कली ‘फेक’ आधारमा चलिरहेको बताएका छन् । सेयरदेखि बचतसम्म, सञ्चालकका सम्बन्धदेखि ऋणीसम्म ‘फेक’ रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सभामुख महोदय सहकारी क्षेत्रमा अंशवण्डा फेक छन्, विवाह फेक छन्, सम्बन्धविच्छेद फेक छन्, पुर्नविवाह फरक छन्,” प्रतिवेदन बुझाउँदै उनले भने, “साधारणसभा फेक छन्, सबैभन्दा डरलाग्दो त ऋणी र लेखापरीक्षण प्रतिवेदन पनि फेक छन् ।” 

उनले छानबिन गर्दा सहकारी क्षेत्र नक्कली आधारमा चलिरहेको उल्लेख गरे । त्यही कारण सरकारले अवलम्बन गरेको अर्थतन्त्रका तीन पिलरमध्ये सहकारी ढल्न लागेको बताए । “तीनवटा पिलरमध्ये सहकारी क्षेत्र सबैभन्दा कमजोर बाँसको पिलरका रूपमा रहेको छ । निजी क्षेत्र फलामको पिलर, सार्वजनिक क्षेत्र काठको पिलर र सहकारी क्षेत्र बाँसको कमजोर पिलर भएको छ,” थापाले भने, “जताको पिलर कमजोर हुन्छ भार त्यतै जाने हुँदा थप कमजोर हुने समस्या छ ।” उनले सहकारीको स्वनियमको मान्यतामा पुनर्विचार गरी नियमनतर्फ जानु आवश्यक देखिएको सुझाव पेस गरे ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्