site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिंसा शब्दमा माओवादी अडान कायम, प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सोमबार प्रतिनिधिसभा बैठक सञ्चालनमा सहयोग गर्ने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हिंसा शब्दको प्रयोगप्रति आफूहरूको विमति कायम रहेको बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणका निम्ति सम्बोधन गर्ने कार्यसूचीलाई प्रभावित नपार्ने उनले जानकारी गराएका हुन् ।

माओवादी केन्द्रले यसअघि हिंसा शब्द नसच्याएसम्म बैठक सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । त्यही कारण आइतबार प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र द्वन्द्वलाई हिंसा भनेपछि विवाद चुलिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro