अर्थ व्यवसाय
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई हाल कायम चुक्तापुँजीको १८.३८११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट उक्त बोनस दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र आगामी कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १२:१३
प्रतिक्रिया दिनुहोस्