site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो छ आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’ ? 

काठमाडौं । नेपालमा पहिलोपटक आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’ प्रदर्शन गरिएको छ । अस्कर सिनेमा कलेजबाट ब्याचलर पास गरेका विद्यार्थीले आइफोन १४ प्रो म्याक्सबाट खिचिएको चलचित्र काठमाडौंमा विशेष शो गरेको हो । 

सुन्धारास्थित सीडीसी सिनेमाजमा प्रदर्शन गरिएको चलचित्र हेर्न निर्माण टिमका सदस्यसँगै अस्कर कलेजका विद्यार्थीसहित अन्य सिनेमाकर्मी र सञ्चारकर्मी पुगेका थिए । 

चलचित्र हेरेपछि अधिकांशले राम्रो लागेको प्रतिक्रिया दिएको निर्माणपक्षले जनाएको छ । छायांकार प्रबीन लिम्बूको डीओपी र कलाकारको अभिनयको खुलेर तारिफ भएको निर्माणपक्षले जानकारी दिएको छ । 

जेसन लोप्चनको लेखन तथा निर्देशनमा क्राइम जानरामा निर्माण भएको चलचित्रमा बाल्यकालदेखि मिल्ने तीनजना साथीको कथा छ ।

चलचित्रमा मीरा गुरूङ, मीन घलान, मीरा गुरुङ, अम्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिदेन श्रेष्ठले अभिनय गरेका छन् ।

चलचित्र छिट्टै सिनेमा घरमा रिलिज गरिने जनाइएको छ । हल रिलिजपछि ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो, एप्पल टीभी, पिकक र रोकु टीभीमा पनि रिलिज हुने निर्माण टिमले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro