site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकद्वारा विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको हल हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले कास्कीमा रहेको श्री अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल औपचारिकरूपमा हस्तान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया र विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले हलको संयुक्तरूपमा उद्घाटन गरे ।

बैंकले उक्त हल निर्माण गर्नुका साथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरण (जस्तै; सोलार, यूपीएस र ब्याट्री) पनि प्रदान गरेको छ ।

बैंकको सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने अपेक्षा गरिएको छ ।

यसैगरी, विद्यालयलाई उपलब्ध गरिएका कम्प्युटरमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सिपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

बैंकले स्थापनाकालबाट नै विभिन्न सामाजिक कामहरूमा सहभागिता जनाउँदै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro