site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकले ल्यायो बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ ल्याएको छ । बैंक तथा वित्तीय संस्थामा खोलिएका खाताहरूलाई पारदर्शी, तथा व्यवस्थित बनाउन उक्त नियमावली ल्याइएको बताइएको छ ।

प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण खुलाउनुपर्ने छ । त्यस्तै, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण पनि बुझाउनुपर्ने छ ।

Dabur Nepal
NIC Asia

कानुनी व्यक्ति भएको हकमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर पनि उल्लेख गर्नुपर्ने छ ।

कुनै निश्चित खातामात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण, आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) तथा खाता रहेको बैंकको विवरण पनि उल्लेख गर्नुपर्ने छ ।

तर, प्रचलित कानुनमा खाता रोक्का गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारीबाहेक अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य नहुने पनि उल्लेख छ ।

नियमावली

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu