site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नुवाकोटको डेउडी–भर्‍याङभुरुङखण्ड अवरुद्ध

नुवाकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी–भर्‍याङभुरुङखण्डमा गए रातिको अविरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ । विदुर नगरपालिका–१३, सुन्दरेफाँट र हुलाकघरस्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङ हुँदै गोरखा जाने सडक अवरुद्ध भएको हो ।

बाढीले क्षति पुर्‍याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन । सुन्दरेफाँट र हुलाकघरको सडक आसपास बसोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर–१३ का वडाध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार, सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन । साथै, राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अवरुद्ध सडक सञ्चालनमा ल्याउन समस्या भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको विदुर–१३, डेउडीबाट सामरीभञ्याङ हुँदै धादिङको कटुञ्जेसम्म १३.५ किलोमिटर सडक कालोपत्रसहित निर्माणको जिम्मा ०७५ असारमा लुम्बिनी/मृतसञ्जीवन जेबीले पाएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro