राजनीति
काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ३ः१५ बजे बस्ने तय गरिएको छ । आजै दिउँसो १ बजेका निम्ति तय बैठकको समय सारिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवाद समाधान नहुँदा निर्धारित बैठक बस्न सकेको छैन । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । तर, सहमति जुट्न सकेको छैन ।
नेकपा (माओवादी केन्द्र)ले हिंसा शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ १५:१४
प्रतिक्रिया दिनुहोस्