site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदन अवरोध हटाउनेबारे सिंहदरबारमा छलफल : माओवादीले माग्यो एक घण्टाको समय 

काठमाडौं । सभामुखसहित दलका प्रमुख सचेतकहरूकोे बैठकमा सदन अवरोध हटाउनेबारे अझै सहमति जुट्न सकेको छैन । 

सिंहदरबारमा बसेको बैठकमा संसद्लाई अघि बढाउने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा माओवादीले ‘हिंसा’ शब्द जनयुद्धसँग जोडिएर आएको भन्दै सदन अवरोध गर्ने दलको निर्णय जानकारी गराएको थियो । 

“माओवादीले जुन विषयवस्तु उठाइरहेको छ । शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धका भाव त्यहाँ व्यक्त भएका विचार यस विषयसँग सम्बन्धित छ । दलले अवरोधलाई जारी गर्ने निर्णय हो,” उनले आफ्नो बैठकको निर्णय सुनाएकोबारे सञ्चारकर्मीसँग भने । 

प्रमुख सचेतक पाण्डे भने छलफलका विषयबारे आफ्नो दलमा जानकारी गराउन भन्दै बैठक कक्षबाट निस्किएका छन् । “यहाँ छलफल भएको विषयलाई दलमा लैजाँदैछु,” उनले भने । 

एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार माओवादीले छलफलका लागि एक घण्टाको समय माग गरेको छ ।

भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए । सोही विषय चर्किंदा माओवादीका कारण यसअघिको बैठक स्थगन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro