site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढ–मुग्लिन सडकमा गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चितवन । नारायणगढ–मुग्लिन सडकमा शनिबार सवारी दुर्घटना हुँदा साइकलयात्रीको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१, रामनगरका ६४ वर्षीय राम थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, भरतपुर–१, पानीट्यांकी ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको वाग्मती प्रदेश ०१–०२३ च ५५१९ नम्बरको पिकअप गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करपछि अनियन्त्रित भएको गाडीले साइकललाई ठक्कर दिएको उनले जानकारी दिए ।

ठक्करबाट घाइते थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । बस र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro