site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाभियोगबारे ओलीले उपसभामुखलाई भने– बजारको हल्ला बजारमै छाडिदिनुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी श‍र्मा ओलीले उपसभामुख इन्दिरा रानामाथि 'लगाउने भनिएको महाभियोग' बजारको हल्लामात्र भएको बताएका छन् ।

शुक्रबार संवैधानिक परिषद्को बैठकमा उपसभामुख रानाले आफूमाथि महाभियोग लगाउने तयारी भएको भनेर मिडियामा आएको विषयबारे जिज्ञासा राखेकी थिइन् ।

Dabur Nepal
NIC Asia

जवाफमा ‌ओलीले बजारको हल्लाको विषयमा चर्चा गरिरहन आवश्यक नरहेको बताए ।

"मैले आफ्नो कुरा राखेँ । प्रधानमन्त्रीले 'तपाईं संवैधानिक परिषद्को सदस्य हो । बजारको हल्लाको कुरा नगरौँ । बजारको हल्ला बजारमै छोड्दिनुस्' भन्नुभयो," बैठकपछि रानाले सञ्चारकर्मीसँग भनिन् ।

अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर सत्तारूढ दलका नेताहरूले उपसभामुखमाथि प्रश्न उठाउँदै आएका छन् । विशेष गरी नेपाली कांग्रेसका सांसदरहरूले उपसभामुख रानाले मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् ।

तर, उपसभामुख रानाले आफूले कुनै गल्ती नगरेकाले पछि नहट्ने बताइन् । "मैले गल्ती गरेकै छैन," रानाले भनिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro